काठमाडाै : नेकपा एमालेबाट विभाजित भएर एकीकृत समाजवादी पार्टी दर्ताको प्रक्रियामा रहेको माधव नेपाल समूह अहिले पार्टीको विधाननिर्माणका लागि चन्द्रागिरिमा बैठक बसिरहेको छ ।
सो बैठकमा तनहुँबाट सांसद जितेका एमाले सांसद किसानकुमार श्रेष्ठ पनि पुगेका छन् । श्रेष्ठ कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराएर सांसद बनेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदा एमाले सांसद किसान श्रेष्ठले पनि देउवालाई मत दिएका थिए । त्यसयता उनी माधव नेपाल समूहका गतिविधिमा सक्रिय देखिँदै आएका छन् ।