कोरोना कहरमा चर्को शुल्क उठाएपछि आदिकविका विद्यार्थी मारमा, शुल्क घटाउन विद्यार्थीको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कोरोना कहरमा चर्को शुल्क उठाएपछि आदिकविका विद्यार्थी मारमा, शुल्क घटाउन विद्यार्थीको माग

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, मंगलवार

    दमौली : कोरोना कहरका कारण लामो समयदेखि भौतिक उपस्थितिमा पठनपाठन बन्द छ । सम्भव भएसम्म शैक्षिक संस्थाले अनलाईनबाट पठनपाठन सञ्चालन गरिरहेका छन् । कोरोना कहरका कारण भौतिक उपस्थितिमा कक्षा सञ्चालन नभएपनि व्यास-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले भने साविककै शुल्क लिएपछि विद्यार्थीले शुल्क घटाउन माग गरेका छन् ।

    विआइसिटी विषयमा अध्ययनरत विद्यार्थीले कोरोनाले मार परेको हुनाले शुल्क घटाउन माग गर्दै क्याम्पस प्रमुख महाप्रसाद हड्खलेलाई मङ्गलबार ज्ञापनपत्र बुझाएका छन् । “महामारीको कारणले आर्थिक असर गरेको र भौतिक कक्षा सञ्चालन नभईरहेको समयमा पनि सोही शुल्क लिईरहेकोले क्याम्पस प्रमुखलाई शुल्क घटाउन माग गरेका हौ,” एविआइटी क्लवका अध्यक्ष विकल श्रेष्ठले भने ।

    क्याम्पसले सेमेष्टरको ४० हजार शुल्क लिइरहेको छ । दैनिक ६ घण्टा कक्षा सञ्चालन हुनुपर्ने भएपनि अनलाईनबाट तीन कक्षा मात्रै सञ्चालन भइरहेको छ । “हामीले पढ्दै आएको विषय सैद्धान्तिक भन्दा पनि प्रयोगात्मक धेरै भएकाले अनलाईन कक्षाले सिकाईमा सन्तुष्ट हुन सकेको छैन,” उनले भने, “विषम परिस्थितिमा चर्को शुल्कले विद्यार्थीको ढाड सेक्ने काम भएको छ ।”

    क्याम्पस प्रमुखले यो विषयमा सञ्चालक समितिसँग छलफल गर्ने प्रतिबद्धता जनाएको श्रेष्ठले जानकारी दिए ।