दमौली : स्पाइनल मस्कुलर रोगबाट ग्रसित शुक्लागण्डकीका ९ महिने बालकको उपचारका लागि इनरह्विल क्लव अफ दमौलीले ९ हजार ९ सय ९९ आर्थिक सहयोग गरेको छ ।
शुक्लागण्डकी-५ का मोहम्मद उस्मान अलीको उपचारमा सघाउन क्लवले उक्त रकम सहयोग गरेको हो । क्लवकी अध्यक्ष मन्जु थापाले मङ्गलबार नुर मुस्लिम महिला समूहकी अध्यक्ष मुन्नी खातुन र पूर्व अध्यक्ष साना रफत मियॉलाई उक्त हस्तान्तरण गरिन् ।
थोरै थोरै सहयोगले बालकको उपचारमा सहयोग पुग्ने भएकाले क्लवका सदस्यहरुबाट सङ्कलन गरी सहयोग गरिएको उनले बताइन् । क्लवले असहाय, अशक्तहरुलाई विगतदेखि नै सहयोग गर्दै आएको र भविष्यमा पनि त्यसलाई निरन्तरता दिने उनले बताइन् ।
क्लवकी पूर्व अध्यक्ष निर्मला मल्लले क्लवमा आबद्ध महिलाहरुले कमाएको रकमको केही हिस्सा समाजसेवामा लगानी गर्दै आएको जानकारी दिइन् ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।