४९ विद्यालयलाई ४९ लाख उपलब्ध गराउने निर्णय (थप निर्णय सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ४९ विद्यालयलाई ४९ लाख उपलब्ध गराउने निर्णय (थप निर्णय सहित)

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, मंगलवार

    दमाैली : तनहुँको व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका ४९ विद्यालयलाई प्रति विद्यालय रु एक लाखका दरले रकम उपलब्ध गराउने निर्णय गरेको छ । नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको बैठकले प्रति विद्यालय रु एक लाखका दरले ४९ विद्यालयलाई रु ४९ लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

    प्रविधिमैत्री कार्यका लागि उक्त रकम उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । उक्त रकमबाट विद्यालयले आवश्यक प्रविधि खरिद गर्नेछन् । “उक्त कार्यका लागि विद्यालयलाई प्रस्ताव पेश गर्न आह्वान गरेका थियौ, विद्यालयले पेश गरेको प्रस्तावका आधारमा सबै विद्यालयलाई रु एक लाखका दरले उपलब्ध गराउने निर्णय भएको छ,” श्रेष्ठले भने ।

    बैठकले व्यास नगरपालिकाभित्रका स्नातक उत्तीर्ण बेरोजगार महिलाहरुलाई उद्यमशीलता अनुदान उपलब्ध गराउन भदौ महिनाभित्र वडाको सिफारिस सहित प्रस्ताव पेश गर्न आह्वान गरिएको छ । त्यस्तै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि रु २५ लाख बजेट विनियोजन गरिएको छ । व्यास नगरपालिका–६, १०, ११, १३, १४ मा उक्त कार्यक्रम सञ्चालन गरिनेछ ।

    बैठकले नगरपालिकाभित्र विपद्बाट असर पुगेका खेत, कुलो, घर लगायतका विषयमा प्राप्त वडागत प्रतिवेदनमाथि छलफल गरी वडाको सिफारिसमा विपद्बाट असर पुगेका लाभग्राहीलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।