व्यासमा विद्यालय खुलाउने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा विद्यालय खुलाउने तयारी

    खबरपुञ्ज संवाददाता

    ७ भाद्र २०७८, मंगलवार

    दमाैली : जिल्लाको व्यास नगरपालिकामा भदौ १३ देखि विद्यालय खुलाउने तयारी गरेकाे छ । विद्यालय खुलाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्ने मंगलबार बसेको नगरको कार्यपालिका जिल्ला कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

    स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम भरसक अनलाईन कक्षा र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा विद्यालय खुलेर प्रत्यक्ष विधिबाट पठपाठन सञ्चालन गर्न कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय भएको व्यासका नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।

    ‘प्रत्यक्ष कक्षा चलाउँदा २५ जना बढी विद्यार्थी कक्षामा रहने छैनन् । स्वास्थ्यको मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने शर्तसहित सिफारिस गरेका छौँ,’ उनले भने । विद्यालय खुलेपनि भर्चुअल कक्षालाई समेत निरन्तरता दिईने श्रेष्ठको भनाई छ । उनले भने, ‘विद्यार्थी आलोपाले कक्षामा उपस्थित हुनेछन् । घरमा बसेका विद्यार्थीलाई अनलाइन कक्षा पनि चल्नेछ ।’ व्यासमा सामुदायिक र निजी गरेर १ सय २० विद्यालय सञ्चालनमा रहेका छन् ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।