गाजा बोकेर कतार जान लागेका खैरेनीका युवा पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गाजा बोकेर कतार जान लागेका खैरेनीका युवा पक्राउ

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७८, बुधबार

    काठमाडौं । गाँजासहित कतार उड्न लागेका एकजना युवालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । कतार एयरवेजबाट उडानबाट कतारको दोहा उड्न लागेका चितवन खैरेनीका २७ वर्षीय राज पाडकलाई ८ सय ग्राम गाँजासहित मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    लागुऔषध नियन्त्रण ब्युरोका एसपी जीवन श्रेष्ठका उनले ग्याष्ट्रिक हरण चुर्णको बट्टामा गाँजा लुकाई कतार उड्न लागेका थिए । एसपी श्रेष्ठका अनुसार पाडक वैदेशिक रोजगारी लागि कतार जान लागेका थिए ।

    विमानस्थलको प्रस्थान कक्षस्थित एक्सरेमा जाँच गर्ने क्रममा उक्त परिमाणका बट्टामा गाँजा लुकाइएको अवस्थामा भेटिएको एसपी श्रेष्ठले जनकारी दिए । उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्युरोले विमानस्थल प्रहरीलाई बुझाइएको छ ।