नेकपा माओवादी केन्द्र तनहुँ समन्वय समितिको इन्चार्जमा चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपा माओवादी केन्द्र तनहुँ समन्वय समितिको इन्चार्जमा चुमान

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७८, बुधबार

    तनहुँ : सर्वोच्च अदालतको फैसलापछि पुर्नस्थापित भएको लामो समय लथालिंग अवस्थामा चलेको माओवादी केन्द्रले सांगठनिक संरचनालाई पनि पूर्णता दिएको छ।

    हालै सम्पन्न केन्द्रीय कमिटी बैठकपछि भदौ ५ र ६ मा बसेको स्थायी समिति बैठकले जिल्ला समन्वय समितिहरुको इन्चार्ज पनि तोकेको छ।

    अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ले जारी गरेको परिपत्र अनुसार जिल्ला इन्चार्जमा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । धेरै केन्द्रीय सदस्यले पटक–पटक उही जिल्लाको इन्चार्जको भूमिका पाएका छन् ।

    संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय यसअघिको केन्द्रीय समिति बैठकबाट लिएको थियो ।

    सोही बमोजिम तनहुँ इन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य हरिबहादुर चुमानले पाएका छन् । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री समेत रहेका चुमान यसअघि पनि सोही जिम्मेवारीमा थिए । नेकपा एमाले र माओवादी एकता हुँदा समेत चुमान तनहुँ इन्चार्ज नै कायम भएका थिए ।