तनहुँमा विभिन्न मुद्दामा फरार आठ प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा विभिन्न मुद्दामा फरार आठ प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ८ भाद्र २०७८, बुधबार

    तनहुँ : जिल्ला अदालत तनहुँबाट सजाय तोकिएर फरार रहेका आठ प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध चरेस, जुवा, लेनदेन, सवारी ज्यान लगायतका मुद्दामा फरार रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    लागु औषध चरेश मुद्दामा गोरखा पालुङटार नगरपालिका–१ खोप्लाङ स्थायी घर भई हाल म्याग्दे गाउँपालिका–६ शेराटार बस्ने ३० वर्षीय सुरेश तामाङ दुई वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७६ कात्तिक २५ गते तीन महिना कैद र पाँच हजार जरीवानाको फैसला सुनाएको थियो ।

    लागुऔषध चरेश मुद्दामै सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने २३ वर्षीय दिपक राई दुई वर्षपछि पक्राउ परेका छन् । उनलाई अदालतले विसं २०७६ कात्तिक २५ गते एक महिना कैदको फैसला सुनाएको थियो ।

    यसैगरी जारी मुद्दामा विगत १३ वर्षदेखि फरार एक, जुवा मुद्दामा चार वर्षदेखि फरार एक, सार्वजनिक अपराध मुद्दामा विगत ६ वर्षदेखि फरार दुई, लेनदेन मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा चार वर्षदेखि फरार एक जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि अदालत दाखिला गरिएको छ ।