निर्मल माविको अध्यक्षमा दरै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    निर्मल माविको अध्यक्षमा दरै

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७८, बिहीबार

    दमौली : व्यास-१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयको अध्यक्षमा तमबहादुर दरै चयन भएका छन् । बिहीबार विद्यालयमा आयोजित अभिभावक भेलाले दरैको अध्यक्षतामा समिति गठन गरेको हो ।

    समितिको सदस्यमा विष्णुहरि न्यौपाने, इन्द्रबहादुर मल्ल र शान्ता छिमाल चयन भएको विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले जानकारी दिए ।

    यसैगरी हरिशरण खनालको अध्यक्षतामा शिक्षक अभिभावक सङ्घ गठन गरिएको छ । जसको सदस्यहरुमा होमबहादुर श्रेष्ठ, चिजा भुजेल, रामकुमारी आले र विना थापा चयन भएका छन् ।

    सो अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेत, नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मी, वडा अध्यक्ष खरसिं दरै लगायतले नवनिर्वाचित समितिलाई शुभकामना दिएका थिए ।