तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका संस्थापक सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले जनवादी गायक जेबी टुहुरेको निधनमा दुख व्यक्त गरेका छन् ।
बिहीबार शोक वक्तव्य जारी गरी सांसद श्रेष्ठले टुहुरेको निधनको खबरले आफूलाई दुखित तुल्याएको उल्लेख गरेका छन् । दुखको घडीमा सांसद श्रेष्ठले टुहुरेका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
संविधानसभा सदस्य रहेका टुहुरेको बिहीबार वयोधा अस्पतालमा निधन भएको थियो ।