तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट जिल्ला सभापतिले थालेको रिले अनसनमा सहभागी हुन तनहुँका सभापति वैकुण्ठ न्यौपाने सानेपा पुगेका छन् ।
क्रियाशील सदस्यताको सूची सार्वजनिक, सार्वजनिक हुने सूचीमा भेटिने त्रुटि सुधारका लागि वैधानिक प्रबन्ध र जिल्ला सभापतिको उम्मेदवारका लागि सबैलाई समान मापदण्डको माग गर्दै थालिएको रिले अनसनमा सहभागी हुन न्यौपाने पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका हुन् ।
न्यौपानेसँगै कार्यवाहक सभापति जितप्रकाश आले पनि रिले अनसनमा बसेका छन् । बुधबारदेखि शुरु रिले अनसनको दोस्रो दिन सुर्खेतका सभापति कमलराज रेग्मी, डोल्पा सभापति अङ्गदकुमार बुढा लगायतले समर्थन जनाएको अनसनमा सहभागी नेविसङ्घ तनहुँका सभापति चुडामणि खनालले जानकारी दिए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।