व्यास–४ का वडाध्यक्ष विश्व न्यौपाने एकीकृत समाजवादीमा खुले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास–४ का वडाध्यक्ष विश्व न्यौपाने एकीकृत समाजवादीमा खुले

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–४ का वडाध्यक्ष विश्व न्यौपाने बुधबार मात्रै दर्ता भएको नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका छन् । व्यास नगरपालिकाको वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित न्यौपाने नेकपा एकीकृत समाजवादीको पक्षमा खुलेका हुन् ।

    शुरुदेखि नै सांसद कृष्णकुमार श्रेष्ठ (किसान) निकट रहेका न्यौपानेले फेसबुकमार्फत् सांसद श्रेष्ठलाई बधाई ज्ञापन गर्दै भनेका छन्, “तनहुँका क्रान्तिकारी युवा र विकासप्रेमी नेता तपाईको अभियानमा काँधमा काँध र कदममा कदम मिलाएर लाग्नेछौ ।” न्यौपानेले सांसद श्रेष्ठ सही बाटोमा रहेको र अन्तिम अवस्थासम्म साथ रहने उल्लेख गरेका छन् ।