अख्तियारद्वारा सहिद लालध्वज मार्गका तत्कालिन अध्यक्ष सहित पाँच जना उपर आरोपपत्र दायर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अख्तियारद्वारा सहिद लालध्वज मार्गका तत्कालिन अध्यक्ष सहित पाँच जना उपर आरोपपत्र दायर

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०७८, बिहीबार

    तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको सहिद लालध्वज मार्गमा गैरकानूनी लाभ तथा हानीनोक्सानी गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन अध्यक्ष सहित पाँच जना उपर विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

    आयोगले सहिद लालध्वज मार्ग उपभोक्ता समितिका तत्कालिन अध्यक्ष डिल्लीराम अधिकारी, कोषाध्यक्ष ममिता गुरुङ, भिमबहादुर गुरुङ, तत्कालिन सदस्य गणेशकुमार गुरुङ र तत्कालिन प्रोपाइटर विनोद श्रेष्ठ उपर बिहीबार अदालतमा आरोपपत्र दायर गरेको हो । आयोगले निजहरुबाट ११ लाख ३४ हजार पाँच सय बिगो असुलको माग गरेको छ ।

    तत्कालिन अध्यक्ष सहित तीन जनालाई सात लाख ६६ हजार सात सय, सदस्य गणेशकुमार गुरुङलाई एक लाख १९ हजार चार सय र प्रोपाइटर विनोद श्रेष्ठलाई दुई लाख ४८ हजार चार सय बिगो माग गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए।

    तनहुँको कोत्रे र थप्रेक जोड्ने सडकमा कटिङ र ग्राभेल गर्ने गरी शुक्लागण्डकी नगरपालिकाबाट विनियोजन भएको रकम ग्राभेल गर्दा अन्तर्राष्ट्रिय प्राविमाथिको स्थानीय स्रोत उत्खनन् गरी पैसा नलाग्ने माटो लगेर ग्राभेल गरेको तर बिल भरपाई फर्जी बनाएको आरोप लागेको छ ।

    उपभोक्ता समितिले भ्रष्टाचार गरेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा शुक्लागण्डकी नगरपालिकाबाट आर्थिक वर्ष ०७४÷७५ मा नगरस्तरीय आयोजना अन्तर्गत विनियोजन भएको रकम लागत इष्टिमेट स्वीकृत भई उपभोक्ता समितिमार्फत् सम्पन्न भएको कोत्रे थप्रेक जोड्ने सहिद लालध्वज मार्ग सतरोन्नति योजनामा ग्राभेल गर्दा उपभोक्ता समितिका पदाधिकारीले मिलेमतोमा गैरकानूनी लाभ पु¥याउने र सरकारी रकम हानीनोक्सानी पु¥याउने बदनियत देखिएको आयोगको भनाई छ ।

    लागत इष्टिमेटमा उल्लेख नभएको बाटोबाट निस्केको पैसा नपर्ने ग्राभेल समेतको सामग्री प्रयोग गरी ग्राभेल गरेको र बिल भरपाई मिलान गरी नगरपालिकाबाट भुक्तानीका लागि सामग्री खरिद ढुवानी नै नगरी खरिद ढुवानी गरेको भनी सात लाख ६६ हजार सात बराबरका फर्जी बिल बनाई नगरपालिकामा पेश गरी भुक्तानी लिने कार्य गरी भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित भएकाले निजहरु विरुद्ध आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।