काठमाडाै : राष्ट्रिय योजना आयोगको सदस्य पुष्परमण वाग्ले नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो ।
व्यास नगरपालिका–३ दमौलीका स्थायी बासिन्दा वाग्ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का पूर्व सदस्य सचिव समेत हुन् ।
सरकारले योजना आयोगको सदस्यमा सलोनी प्रधान सिंहलाई समेत नियुक्त गरेको छ । योजना आयोगको उपाध्यक्षमा यसअघि नै डा. विश्व पौडेल नियुक्त भइसकेका छन् ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।