तनहुँ : बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिरा जाँदा डुम्रे–वेशीशहर सडकखण्ड अवरुद्ध भएको छ । तनहुँको भानु नगरपालिका–१ अधेरीखोलामा शुक्रबार बिहान पहिरा खसेपछि सडकखण्ड अवरुद्ध भएको हो ।
पहिरा हटाएर सडकखण्ड सुचारु गराउने प्रयास भइरहेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। “स्थानीय तथा सम्बन्धित पालिका समेतको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको छ,” उनले भने ।
फाइल फाेटाे
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।