तनहुँ : बिहीबार रातिदेखि परेको वर्षाका कारण पहिराे जाँदा अवरुद्ध भएको डुम्रे–वेशीशहर सडकखण्ड सुचारु भएको छ । तनहुँको भानु नगरपालिका–१ अधेरीखोलामा शुक्रबार बिहान ५ः४० बजे पहिरा खसेपछि अवरुद्ध भएको सडकखण्ड बिहान ९ बजेदेखि सुचारु भएको हो ।
सडकमाथिबाट खसेको पहिराे हटाएर सडकखण्ड दुईतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “स्थानीय तथा सम्बन्धित पालिका समेतको सहयोगमा बाटो खुलाइएको छ,” उहाँले भन्नुभयो । बाटो सुचार भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।