उस्मान अली बचाउ अभियान : अष्ट्रेलियामा जुट्यो एक लाख ३८ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उस्मान अली बचाउ अभियान : अष्ट्रेलियामा जुट्यो एक लाख ३८ हजार

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७८, शुक्रबार

    दमौली : विश्वकै दु्र्लभ रोग ‘स्पाइनल मस्कुलर एट्रोफी’ बाट ग्रसित तनहुँका एक बालकको उपचारका लागि अष्ट्रेलियाबाट एक लाख ३८ हजार आठ सय ३० सङ्कलन भएको छ ।

    शुक्लागण्डकी नगरपालिका-५ का ९ महिने मोहम्मद उस्मान अलीको उपचारका लागि दमौली निवासी मैनु मियाको संयोजनमा उक्त रकम सङ्कलन भएको हो ।

    अष्ट्रेलियामा बस्ने तनहुँवासी र अन्य नेपालीले उक्त रकम सहयोग गरेको उस्मान अली बचाउ अभियानका दमौली संयोजक मोहम्मद गफ्फार (सुदिप) ले जानकारी दिए ।

    उस्मान अलीको उपचारका लागि देश तथा विदेशबाट सहयोग रकम सङ्कलन हुने क्रम जारी छ । निकै महङ्गो उपचार खर्च लाग्ने भएकाले परिवारले सहयोगको अपिल गरिरहेको छ । हालसम्म ३१ लाख सङ्कलन भएको परिवारले जनाएको छ।