नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    १० भाद्र २०७८, शुक्रबार

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा पहिरो खस्दा सो सडकखण्ड अवरुद्ध भएको थियो ।

    करिब १३ घण्टापछि सो सडकखण्ड दुईतर्फी खुलेको हो । पहिरो पन्छाइएपछि आज बिहान ९ बजेदेखि सडक दुईतर्फी खुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

    बिहीबार राति ८ः२० बजे सेतीदोभानमा पहिरो खसेको थियो । सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् । सो सडकअन्तर्गत १४ किलोमा भने सडक एकतर्फी मात्रै सञ्चालनमा छ । सो स्थानमा कालोपत्र भासिएकाले अहिले सडक एकतर्फी मात्रै सञ्चालनमा आएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण बिहीबार रातिदेखि नै सडक भासिएको हो । सडक भासिने क्रम अझै रोकिएको छैन ।