तनहुँ : सङ्घारमै आइपुगेको नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत तनहुँ जिल्लाका लागि निर्वाचन प्रतिनिधि तोकिएको छ । भदौ १८ गते वडाबाट शुरु हुने महाधिवेशनका लागि काङ्ग्रेसले तनहुँमा फणिन्द्र कोइरालालाई निर्वाचन प्रतिनिधि तोकेको छ ।
काङ्ग्रेसले तनहुँका क्रियाशील सदस्यको नामावली पनि सार्वजनिक गरेको छ। निर्वाचन प्रतिनिधि तोकिएसँगै जिल्लामा अब काङ्ग्रेस महाधिवेशनको माहोल तात्ने भएको छ।
केन्द्रीय निर्वाचन समितिले तनहुँ सहित ३८ जिल्लामा निर्वाचन प्रतिनिधि खटाएको छ ।प्रतिनिधिहरूलाई ती जिल्लाको क्रियाशील सदस्यताको सूची, निर्वाचन निर्देशिका र आवश्यक प्रशिक्षणसमेत दिइएको छ ।
निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार कांग्रेस केन्द्रीय समितिले उपलब्ध गराएको क्रियाशील सदस्यता सूचीका आधारमा ३८ जिल्लामा प्रतिनिधि खटाइएको हो ।