दमाैली : तनहुँको दमौलीस्थित दुर्गा मन्दिर नजिकै एक वेवारिसे शव फेला परेको छ । व्यास नगरपालिका–३ स्थित मन्दिर नजिक पुरुष व्यक्तिको शव फेला परेको प्रहरीले जनाएको छ ।
अन्दाजी ३५÷३६ वर्ष उमेरको व्यक्तिको शव फेला परेको र नामथर, वतन नखुलेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। मन्दिर नजिकैको प्रतिक्षालयमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृतकको शव दमौली अस्पतालमा राखिएको छ । “मृतकको पहिचान खुलेको छैन, अनुसन्धान भइरहेको छ, पहिचान खुलाउन प्रहरीले प्रयास गरिरहेको छ,” उनले भने ।