भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने नेताहरुबीच सहमति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने नेताहरुबीच सहमति

    खबरपुञ्ज संवाददाता

    ११ भाद्र २०७८, शनिबार

    काठमाडौ : नेपाली काङ्ग्रेसले भदौ १८ गते देशैभर वडा अधिवेशन गर्ने गरी नेताहरुबीच सहमति जुटेको छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच छलफल भएपछि कृयाशिल सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको हो ।

    सभापति देउवासँग कुराकानी गरेपछि पौडेल पक्षले शनिबार आफू निकटका नेता र जिल्ला सभापतिसँग कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहको निवासमा छलफल गरेका थिए।

    देशभरका छ हजार सात सय ४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता प्रकाशमान सिहले बैठक पछि जानकारी दिएका छन् । उनका अनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ। जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र कृयाशिलको नाम सार्वजनिक गर्न माग गरेका थिए। ४८ जिल्लाका कृयाशिलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ।

    एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुने गरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइनेछ।