भदौ २१ गतेसम्म लम्बियो निषेधाज्ञा, पसल बिहान ७ देखि ६ बजेसम्म खुल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भदौ २१ गतेसम्म लम्बियो निषेधाज्ञा, पसल बिहान ७ देखि ६ बजेसम्म खुल्ने

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७८, आईतवार

    तनहुँ : तनहुँमा जारी निषेधाज्ञा भदौ २१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले भदौ १५ गते राति १२ बजेसम्म रहेको निषेधाज्ञालाई लम्ब्याउँदै भदौ २१ गतेसम्म पु¥याएको हो ।

    कोभिड व्यवस्थापन समितिको बैठकको सिफारिस बमोजिम प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोभिड सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरेका हुन् ।

    निषेधाज्ञा आदेश बमोजिम अब तनहुँभर बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खुल्ने भएको छ । यसअघि खाद्यान्न तथा अत्यावश्यक पसल बिहान ५ देखि १० र अन्य पसल बिहान १२ देखि साँझ ६ बजेसम्म खुल्दै आएको थियो । चाडपर्व नजिकिदै आइरहेको सन्दर्भमा पसल खुलाउने समय बढाउनुपर्ने माग सहित व्यवसायीले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएका थिए ।

    सिनेमा हल, पार्टी प्यालेस, डान्स बार, दोहोरी, नाचघर, सैलुन सेवा, व्युटीपार्लर, जिम खाना, फुटसल, सभा, आमसभा, जुलुस लगायतका कार्यलाई भने पूर्ण रुपमा बन्द गरिएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलमा जमघट नगरी जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गर्ने गरी नित्य पूजा मात्र गर्ने गराउने व्यवस्था मिलाउने आदेशमा उल्लेख गरिएको छ ।

    जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधन बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । जिल्लाबाट मध्यम र लामो दूरीमा सञ्चालन हुने सवारी साधनको हकमा सम्बन्धित यातायात व्यवसायीको सिफारिसको आधारमा निश्चित सङ्ख्यामा सवारी साधनलाई सहजीकरण गरिने आदेशमा उल्लेख छ ।