तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँका थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीन जना नै महिला रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
व्यास नगरपालिकाका दुई र भिमाद नगरपालिकाका एक महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
व्यास नगरपालिका–१ की ५५ वर्षीया महिलाको आइतबार गण्डकी मेडिकल कलेजमा मृत्यु भएको छ । ती महिलामा भदौ ११ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । व्यास नगरपालिका–११ की ६४ वर्षीया महिलाको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । ती महिलामा भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी भिमाद नगरपालिका–२ की ८० वर्षीया महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । उनमा भदौ ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
याे सहित तनहुँमा काेराेना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या १३० पुगेकाे छ । यसैगरी आइतबार थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये तीन महिला र आठ पुरुष छन् ।