युवा पत्रकारिता पुरस्कार खड्का र नहर्कीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    युवा पत्रकारिता पुरस्कार खड्का र नहर्कीलाई

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७८, आईतवार

    दमाैली : तनहुँ समाज हङकङद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ का लागि जिल्लाका दुई क्रियाशील पत्रकार छनौट भएका छन् । नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा आइतबार सम्पन्न बैठकले उक्त पुरस्कारका लागि नारायण खड्का र अमरराज नहर्कीको नाम छनौट गरेको हो ।

    उक्त पुरस्कार समाजले स्थापना दिवसको अवसरमा भदौ १५ गते प्रदान गर्नेछ । खड्का भञ्ज्याङ दैनिकका सम्पादक हुन् भने नहर्की गोरखापत्र दैनिकका तनहुँ संवाददाता हुन् । पत्रकारद्वय खड्का र नहर्कीले समाजद्वारा गरिएको सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पु¥याएकाले पुरस्कारका लागि छनौट गरिएको महासङ्घले जनाएको छ ।

    बैठकले पत्रकार महासङ्घ तनहुँमा आबद्ध रहेका पत्रकारहरुको सदस्यता नवीकरण भदौ २३ गतेभित्र गरिसक्नुपर्ने निर्णय गरेको छ ।

    यसैबीच महासङ्घले शाखाका सदस्य दिवाकर भण्डारीकी धर्मपत्नी सुनिता डोटेल भण्डारीको उपचारार्थ सङ्कलित ५० हजार हस्तान्तरण गरेको छ । सोही बैठकले साधारण सदस्य सूर्यभक्त पौडेलकी धर्मपत्नी एवं शाखा अध्यक्ष पौडेलकी भाउजु अप्सरा भण्डारी पौडेलको असामयिक निधन भएकामा शोक प्रस्ताव पारित गर्ने निर्णय गरेको छ ।