काङ्ग्रेस युवा नेता मौरातीले बानियाँको स्मृतिमा रकम हस्तान्तरण गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेस युवा नेता मौरातीले बानियाँको स्मृतिमा रकम हस्तान्तरण गर्ने

    खबरपुञ्ज संवाददाता

    १२ भाद्र २०७८, आईतवार

    दमौली : नेपाली काँग्रेसका युवा नेता श्याम मौरातीले नेपाल प्रेस युनियन तनहुँले पत्रकार बलराम बानियाँको स्मृतिमा स्थापना गरेको अक्षयकोषका लागि सहयोग गर्ने भएका छन् ।

    पत्रकार बानियाँको वार्षिक पुण्यतिथिमा भदौ १४ गते मौरातीले १० हजार ११० रुपैयाँ हस्तान्तरण गर्ने नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले जानकारी दिए । अक्षयकोष स्थापनाका लागि बलराम बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गरेका थिए ।

    पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने लक्ष्य लिइएको छ । बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए ।

    बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला परेका थिए । उनी दुई दशकभन्दा पहिलादेखि पत्रकारितामा सक्रिय थिए । बानियाँ सुशासन, कर्मचारीतन्त्र तथा राजनीतिको विषयमा कलम चलाउने कुशल पत्रकार थिए ।