घिरिङ : निरन्तरको वर्षाका कारण आइतबार तनहुँको घिरिङ गाउँपालिका–३ डाँडाथोकमा एक घर भत्किएको छ । स्थानीय पूर्णबहादुर थापाको घर वर्षाले भत्किएको हो ।
घर भत्किएपनि मानवीय क्षति भने नभएको स्थानीयवासीले जानकारी दिएका छन् । घर भत्किएपछि उनी छिमेकीको शरणमा लिन बाध्य भएका छन् ।