दमौली : विगत केही दिनदेखि परेको वर्षाका कारण दमौली खानेपानीको पाइपमा क्षति पुगेको छ । वैरेनी मार्गमा मादी इनारबाट प्रशोधन केन्द्रमा जाने मुख्य पाइप पहिरोले क्षति पुगेको हो ।
पाइपमा क्षति पुगेपछि केही दिन पानी अवरुद्ध हुने दमौली खानेपानी समितिले जनाएको छ। समितिले पाइप मर्मतको काम शुरु गरेको छ ।