दमौली : पृथ्वीराजमार्ग अन्तरगत व्यास-३ मादी पुल नजिक खसेको पहिरो हटाएपछि राजमार्ग सुचारु भएको छ । केही दिनदेखि परेको वर्षा कारण सोमबार बिहान खसेको पहिरो हटाएर राजमार्ग सुचारु गरिएको प्रहरीले जनाएको छ ।
सडकमाथिबाट खसेको पहिरोले बाटो दुइतर्फी अवरुद्ध भएकामा जेसीबीको प्रयोग गरी पहिरो सफा गरिएको प्रहरी निरीक्षक शिव क्षेत्रीले जानकारी दिए । उनका अनुसार सवारीको चापलाई मध्यनजर गरी एकतर्फी राजमार्ग सञ्चालन गरिएको छ ।
पृथ्वीराजमार्ग अन्तरगत जिल्लाका अन्य ठाउँमा भने अहिलेसम्म अवरोध नरहेको प्रहरीले जनाएको छ।
तस्वीर : RODB