द क्लिफमा नयाँ पारिवारिक पिङ सञ्चालनमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    द क्लिफमा नयाँ पारिवारिक पिङ सञ्चालनमा

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७८, सोमबार

    पर्वत : विश्वकै दोश्रो अग्लो बन्जी सञ्चालन गरिरहेको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसरमा निर्माण गरेको नेपालकै अग्लो नयाँ पारिवारिक पिङ सञ्चालनमा आएको छ।

    बन्जीका लागि कालीगण्डकी नदिको खोँचमा निर्माण भएको पर्वतको कुश्मा र बाग्लुङको बलेवा जोड्ने पुलको उचाइ २ सय २८ मिटर छ भने सो भन्दा माथि पिङको निर्माण गरिएको छ ।

    जमिनबाट १६ मिटर अग्लो बनाइएको पिङमा परिवार एकसाथ बसेर मज्जा लिन सकिन्छ । अधिकतम ३ सय ५० किलो क्षमता रहेको पिङ खेल्न प्रती व्यक्ति २ सय ५० रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

    पिङ निर्माण र सञ्चालनमा सुरक्षा सावधानीको उच्च सतर्कता अपनाइने द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले जानकारी दिए। स्टिल कोर केबलको प्रयोग गरिएको र दक्ष प्राबिधिकबाट डिजाइन गरि निर्माण गरिएको पिङ नेपालकै नमुना पिङ बनेको कार्कीको दाबी छ।

    विश्वकै अग्लो स्विङ र स्काई साइक्लीङ समेत निर्माण गरेको कम्पनीले नेपालमै पहिलोपटक स्काइ चियर समेत सञ्चालनमा ल्याएको छ । द क्लिफको गुलेली पिङ र हाइ रोप स्टेसन पनि अहिले युवाहरू माझ निकै लोकप्रिय छन् । उक्त क्षेत्रलाई एड्भेन्चर हबका रुपमा बिकास गर्ने योजना भएको र भविष्यमा अन्य गतिविधि समेत थपिने कार्कीले बताए।