पत्रकार बानियॉको स्मृतिमा अक्षयकोषका लागि रकम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार बानियॉको स्मृतिमा अक्षयकोषका लागि रकम

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०७८, सोमबार


    दमौली : नेपाली काँग्रेसका युवा नेता श्याम मौरतीले नेपाल प्रेस युनियन तनहुँले पत्रकार बलराम बानियाँको स्मृति स्थापना गरेको अक्षयकोषका लागि रकम हस्तान्तरण गरेका छन् ।

    पत्रकार बानियाँको वार्षिक पुण्यतिथीमा मौरतीले सोमबार १० हजार १५० नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीलाई दमौलीमा हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै उनले कर्मचारीतन्त्रमा मौलाएको भनसुन, बेथिति, विकृति भ्रष्टाचारका विरुद्ध तथा सुशासनको पक्षमा पत्रकार बानियाँ लेखेर कहिल्यै नथाक्ने व्यक्ति भएको स्मरण गरे ।

    अक्षयकोषले बानियाको योगदानलाई स्मरण गराउने हुँदा भावी पिढींलाई उनले पुर्याएको योगदानको बारेमा जानकारी लिन मद्धत पुग्ने विश्वास व्यक्त गरे । युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने लक्ष्य लिएको नहर्कीले बताए ।

    पत्रकार बानियाँका दाइ भानु–१३ का वडाध्यक्ष रामबहादुर बानियाँले गत चैत्र ३ गते युनियनलाई २० हजार नगद हस्तान्तरण गरेका थिए । बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए । बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला परेका थिए ।