काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । सोमबार फेसबूकमार्फत् नेता नेपालले अध्यक्ष नेपालबाट धोका पाएको टिप्पणी गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी)लाई साथ दिदै आएका नेता नेपालले फेसबूकमार्फत् भनेका छन्, ‘बारम्बारको कुराकानीमा मैले जबज हुँदैन भने मेरो नाम नलेख्नुस् भनेको थिएँ । तर, आखिरमा तपाईंबाट पनि मैले धोकाकै उपहार लिएर जानुपर्ने भो । विदा ।’
त्यस्तै, नेता नेपालले आफू नेकपा (एमाले)मा नजाने उल्लेख गर्दै भनेका छन्, ‘माधव कमरेड, म केपीसँग जान्न । किनभने तानाशाही प्रवृत्तिको म सधैं विरोधी हुँ । तपाई पनि झेली कुरा गर्न सिक्नु भएछ ।’