दुलेगौँडा : पछिल्लो समय तनहुँमा कोरोना संक्रमणदर दैनिक घट्दो देखिन्छ । सोमबार जिल्लाका ६ जनालाई मात्र संक्रमण पुष्टी भएको छ । दुई महिला र चार पुरुषलाई कोरोना संक्रमण पुष्टी भएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार ८३ जनाको पिसीआर र एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो ।
यो संगै जिल्लामा छ हजार पाँच सय ४५ जनालाई कोरोना पुष्टी भएको छ । तीमध्ये पनि छ हजार एक सय पाँच जना संक्रमित निको भएका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या पनि घट्दो छ । तीन सय ४ जना सक्रिय संक्रमित छन् । पाँच जनाले जिपी कोईराला रािष्ट्रय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आईसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा कोरोना संक्रमणको कारण एक सय ३६ जनाले ज्यान गुमाएका छन् । आईतबार मात्रै व्यास नगरपालिकाका दुई र भिमाद नगरपालिकाका एक जना संक्रमितको मृत्यु भएको थियो ।