


दमाैली : व्यास नगरपालिका–१० वैरेनीस्थित उज्यालो घरलाई ५३ हजार सात सय ३० आर्थिक सहयोग प्राप्त भएको छ । व्यास नगरपालिका–४ घर भई हाल लण्डन बस्ने मन्दरी थापा र सकिला थापाले स्व. हजुरआमाको स्मृतिमा उज्यालो घरका लागि उक्त रकम प्रदान गरेका हुन् ।
सो रकम मंगलबार उज्यालो घरका अध्यक्ष सागर घिमिरेलाई हस्तान्तरण गरिएको छ । अभिभावकविहिन बालबालिका संरक्षण गर्दै आएको उज्यालो घरलाई प्राप्त रकमले ठूलो सहयोग पुग्ने घिमिरेले बताए । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले गर्ने सहयोगले उज्यालो घर सञ्चालनमा टेवा पुगेको उनको भनाई छ ।