


दमाैली : तनहुँ समाज हङकङद्वारा प्रदान गरिने ‘युवा पत्रकारिता पुरस्कार २०७८’ बाट जिल्लाका दुई पत्रकार पुरस्कृत भएका छन् । उक्त पुरस्कारबाट भञ्ज्याङ दैनिकका सम्पादक नारायण खड्का र गोरखापत्रका समाचारदाता अमरराज नहर्की पुरस्कृत भएका हुन् ।
समाजले मंगलबार दमौलीमा कार्यक्रमको आयोजना गरी दुवै जनालाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको छ । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने र समाजका पूर्व अध्यक्ष भिमराज गुरुङले उनीहरुलाई दोसल्ला, प्रशंसापत्र र नगदले पुरस्कृत गरेका छन् । उक्त पुरस्कारको राशी रु पाँच हजार पाँच सय ५५ रहेको छ ।
सामाजिक सेवाको समाचार सम्प्रेषण गरी योगदान पु¥याए बापत उहाँहरुलाई पुरस्कृत गरिएको समाजका पूर्व अध्यक्ष गुरुङले बताए । जिल्लाको सामाजिक तथा शैक्षिक क्षेत्रमा तनहुँ समाज हङकङले पु¥याएको योगदान अतुलनीय रहेको नगरप्रमुख न्यौपानेले बताए।
कार्यक्रममा पत्रकार महासङ्घका केन्द्रीय सदस्य प्रदीप काफ्ले, शाखा अध्यक्ष उज्वल पौडेल लगायतले बाेलेका थिए ।
समाजले तनहुँमा विगत १० वर्षदेखि शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको छ । समाजले कोभिड महामारीको बेला दश वटै स्थानीय तहमा रु १५÷१५ हजार सहयोग गरेको थियो । साथै गत असारमा आएको पहिरोबाट पीडित भएका ऋषिङका पहिरो पीडितलाई समाजले रु दुई लाख ४४ हजार सहयोग गरेको थियो ।
समाजले जिल्लाको शैक्षिक क्षेत्रमा योगदान पु¥याउन रु १५ लाखको अक्षयकोष पनि स्थापना गरेको छ । विसं २०५६ सालमा स्थापित समाजले जिल्लाको विभिन्न विद्यालयमा उक्त अक्षयकोषको व्याजबाट प्राप्त रकमले सहयोग गर्दै आइरहेको छ । दमौली स्थित गण्डकी विकास बैङ्कमा स्थापित अक्षयकोषको व्याजबाट प्रत्येक वर्ष बालबालिकाका लागि समाजले सहयोग गर्दै आएको छ ।
समाजले यसका अतिरिक्त भानु जन्मस्थल विकास समितिमा रु पाँच लाखको लगानीमा पुस्तकालय स्थापना गरेको छ भने साथै क्यामिनको छापथोक, भीमाद लगायतका स्थानमा खानेपानी आयोजनामा पनि आर्थिक सहयोग गरेको छ ।
समाजमा चार सय जना तनहँुवासी आबद्ध छन् । समाजले हङकङमा समेत विविध कार्यक्रम गर्दै आएको छ । समाजले भावनात्मक विकास गर्ने र हङकङमा बस्ने नेपाली कसैलाई दुःख पर्दा साथ दिँदै आएको छ ।