व्यास मार्गमा सडकभरी पानी, दुर्घटनाको जोखिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यास मार्गमा सडकभरी पानी, दुर्घटनाको जोखिम

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७८, मंगलवार

    दमौली : व्यास मार्ग अन्तरगत वैरेनी जाने बाटोमा सडकभरी पानी बगेपछि दुर्घटनाको जोखिम बढेको छ । व्यास-४ र १० को सीमाना चुरेखोल्सीमा राखिएको ह्युम पाइप टालिएर सडकमै पानी बगेपछि दुर्घटनाको जोखिम बढेको हो ।

    ६/७ महिनादेखि यस्तो समस्या रहेपनि सम्बन्धित निकायको ध्यान नगएको स्थानीयवासीको गुनासो छ । चुरेखोल्सीको पानी कटाउन ह्युम पाइप राखेपनि ह्युमपाइप टालिएर सडकमै पानी बग्न थालेकाले यसको समयमै समाधान गर्नुपर्ने व्यास-१० का शेरबहादुर बोटेले माग गरे ।

    “यसले सडकमा दुर्घटनाको जोखिम बढाउनुका साथै सडक पनि भासिने खतरा बढेको छ,” उनले भने, “सम्बन्धित निकायले बेलैमा यसको समाधान गर्नुपर्छ ।”