पहिरोले घिरिङ अत्रौलीका घरहरु जोखिममा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • घिरिङ

    पहिरोले घिरिङ अत्रौलीका घरहरु जोखिममा

    खबरपुञ्ज संवाददाता

    १४ भाद्र २०७८, मंगलवार

    घिरिङ : केही दिनदेखि परेको निरन्तर झरीका कारण पहिरो जॉदा तनहुँको घिरिङ गाउँपालिका-१ अत्रौलीमा घरहरु जोखिममा परेका छन् ।

    अत्रौलीस्थित पाङ्ग्राको झ्याल वरपर पहिरो गएपछि घरहरु जोखिममा परेका हुन् । टिकाराम दर्जीकौ घर पूर्व र राम वहादुर विक को घर पश्चिमतर्फ मोटरबाटो माथिको करिव एक सय मिटर भुभाग खेतीयोग्य जमिन फाटेर पहिरो गएपछि जोखिम बढेको नेकपा एमाले तनहुँका उपसचिव एवं स्थानीयवासी विष्णुभक्त सिग्देलले जानकारी दिए ।

    जोखिम बढेपछि स्थानीय रीता विक, शर्मिला थापा विस्थापित अवस्थामा पुगेका छन भने टिकाराम दर्जी र राम वहादुर विक पनि जोखिम अवस्थामा छन् । वर्षाकै कारण बम वहादुर थापाको घरको पश्चिम तर्फको जग जमिनमा धसिएका कारण घर खतरापूर्ण अवस्थामा पुगेको छ।

    सिग्देलले पीडित परिवारलाई तत्काल उचित राहत र आवश्यक व्यवस्थापनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गरेका छन् ।