


तनहुँ : कोरोना सङ्क्रमणबाट तनहुँमा थप एकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका-४ का ८३ वर्षीय पुरुष रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार मृत्यु भएको हो । ती पुरुषमा भदौ १३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी तनहुँमा थप १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसमध्ये आठ महिला र पॉच पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७६ जनाको परीक्षण गरिएको थियो ।