पोखरा : नेकपा एमालेले गण्डकी प्रदेशका ११ वटै जिल्लामा पार्टीको भेला र बैठक आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशको १० बुँदे प्रस्ताव कार्यान्वयन सहजीकरण समितिको बैठकले प्रदेश अन्तर्गतका जिल्लाहरूमा बैठक र भेला आयोजना गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य किरण गुरुङले जानकारी दिए ।
प्रदेश समन्वय कमिटी बैठक भदौ १८ गते कास्की जिल्ला पार्टी कार्यालयमा बस्ने भएको छ। त्यस्तै बागलुङमा भदौ १९ गते जिल्ला कमिटी बैठक र ३१ गते भेला, पर्वतमा भदौ २० गते बैठक र ३१ गते भेला आयोजना हुनेछ ।
म्याग्दीमा जिल्ला कमिटी बैठक सम्पन्न र २५ गते भेला, स्याङ्जामा २३ गते बैठक र ३० गते भेला, कास्कीमा १९ गते बैठक र २२ गते भेला, गोरखामा २२ गते बैठक र २८ गते भेला, लमजुङमा २० गते बैठक र २१ गते भेला, नवलपुरमा २३ गते बैठक र २९ गते भेला, तनहुँमा २१ गते बैठक र २७ गते भेला, मुस्ताङमा असोज २ गते भेला आयोजना हुनेछ । मनाङको जिल्ला कमिटी बैठक र भेला मिति पछि चयन गरिने गुरुङले जानकारी दिए ।
नेकपा एमालेले प्रदेश तहमा १० बुँदे प्रस्ताव कार्यान्वयन गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी तोके बमोजिम गण्डकीमा गुरुङले त्यसको जिम्मेवारी पाएका छन् ।