सानिमा लाईफ इन्स्योरेन्सको शेयर आजबाट दोस्रो बजारमा आउँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    सानिमा लाईफ इन्स्योरेन्सको शेयर आजबाट दोस्रो बजारमा आउँदै

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७८, बिहीबार

    काठमाडौं : सानिमा लाइफ इन्स्योरेन्सको शेयर आजबाट दोस्रो बजारमा कारोबार हुने भएको छ ।

    कम्पनीको शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचिकृत भएसँगै आजबाट दोस्रो बजारमा आउने भएको हो । सानिमाको शेयर दास्रो बजारको कारोबारका लागि न्यूनतम एक सय तीन रुपैयाँ १७ पैसादेखि तीन सय नौ रुपैयाँ ५१ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ ।

    उक्त कम्पनीले श्रावण २० गते देखि २४ गते सम्म आईपीओ खुला गरेको थियो । ३० गते बाँडफाड भएको कम्पनीको शेयरमा २३ लाख ८ हजार १ सय २२ आवेदनमध्ये ५ लाख ४० हजार जनालाई १० कित्ताको दरले शेयर पाएका थिए ।