तनहुँ : पृथ्वीराजमार्ग अन्तरग तनहुँको म्याग्देमा बोलेरो जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दमौलीबाट पोखरातर्फ जॉदै गरेको ग३च २४४३ नम्बरको जीपको ठक्करबाट बा ६५ प ४५६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा लमजुङ घर भई हाल भानु नगरपालिका-१ बस्ने ३४ वर्षीय सुनिलकुमार सार्कीको मृत्यु भएको हो ।
बुधबार भएको दुर्घटनामा घाइते सार्कीको पोखरास्थित गण्डकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिए । बोलेरो जीपका चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।