गगनकाे कित्ता परिवर्तन, पाैडेल पक्षमा खुले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गगनकाे कित्ता परिवर्तन, पाैडेल पक्षमा खुले

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    काठमाडाै : नेपाली कांग्रेसको युवा नेता गगन थापा महाधिवेशनको सम्मुखमा संस्थापन इतर समूहमा खुलेका छन् । 

    कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी घोषणा गरेका थापा आज रामचन्द्र पौडेल पक्षले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी भएका हुन् ।

    पौडेल पक्षले आगामी महाधिवेशनमा साझा उम्मेदवार उभ्याउने सार्वजनिक घोषणा गरेको छ ।  सोही कार्यक्रममा उपस्थित भएर थापाले आगामी महाधिवेशनमा आफू पौडेल पक्षको सेटमा रहने संकेत गरेका हुन् । 

    अघिल्लो महाधिवेशनमा थापा कृष्ण सिटौला पक्षबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । तर, त्यसबेला शशांक कोइरालाले महामन्त्री जितेका थिए ।