पत्रकार बानियाँको स्मृति कोषमा मियॉद्वारा सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पत्रकार बानियाँको स्मृति कोषमा मियॉद्वारा सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    दमौली : नेपाल प्रेस युनियन तनहुँले पत्रकार बलराम बानियाँको स्मृतिमा स्थापना गरेको पत्रकारिता अक्षयकोषका लागि सहयोग रकम प्राप्त भईरहेको छ ।

    यसै क्रममा बिहीबार व्यास नगरपालिका–४, दमौलीस्थित मर्दशा आधारभूत विद्यालयका प्रधानाध्यापक सत्तार मियाले तीन हजार सहयोग गरेका छन् । मियॉले युनियनका जिल्ला अध्यक्ष अमरराज नहर्कीलाई बिहीबार दमौलीमा रकम हस्तान्तरण गरेका हुन् । मिया स्व. बानियाका मित्ज्यू समेत हुन् । सहयोग रकम प्रदान गर्दा पत्रकार बानियाँको योगदान र विगत सम्झिएर मियॉ भावुक बनेका थिए ।

    मियॉले भानु नगरपालिका–१३ स्थित अरनिको माध्यामिक विद्यालयमा सँगै अध्ययन गरेको स्मरण गर्दै आत्मीय सम्बन्ध भएको कारण मितको नाता गाँसिएको बताए । “राष्ट्रिय स्तरको व्यक्तित्व, पत्रकारिताको क्षेत्रमा उज्ज्वल नक्षेत्र भएकोले उनको नाम सधैं अमर रहन्छ,” उनले भने, “उनको निधनले निकै ठूलो क्षति पुगेको छ ।”

    रकम हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ तथा नेपाल प्रेस युनियन तनहुँका पूर्व अध्यक्षद्वय डम्बर अधिकारी, ओमकार आचार्य, सल्लाहकार गोरा मियॉ, उपाध्यक्ष मिला दरैको उपस्थिति रहेको थियो ।

    युनियनले पत्रकार बानियाँका परिवारजन, आफन्तजनका साथसाथै स्वदेश तथा विदेशमा रहेका शुभेच्छुकहरुबाट रकम संकलन गरी अक्षयकोषको रकम वृद्धि गर्दै लैजाने कार्य गरिरहेको छ ।

    बानियाँ कान्तिपुर दैनिकका सहायक सम्पादक थिए । बानियाँ २०७७ साल साउन २७ मा मकवानपुरको सिस्नेरीस्थित माण्डो हाईड्रोपावरमा मृत फेला परेका थिए ।