छाब्दी दोभानमा अस्थायी डाइभर्सन बन्यो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छाब्दी दोभानमा अस्थायी डाइभर्सन बन्यो

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    दमाैली : तनहुँको व्यास नगरपालिका–१ र १३ जोड्ने छाब्दीखोलामा पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको छ । केही दिन अगाडी आएको बाढीले बगाएको डाइभर्सन बिहीबार राति पुननिर्माण गरिएको हो ।

    स्थानीयवासी यामबहादुर आलेले अस्थायी डाइभर्सन निर्माण गरी यातायात सुचारु भएको जानकारी दिए । डाइभर्सन बगाएपछि स्थानीयवासीलाई समस्या भएको थियो ।

    गत असार १७ गते आएको बाढीले पक्की पुल भत्काएपछि व्यास नगरपालिकाले उक्त ठाउँमा असार २७ गतेदेखि अस्थायी डाइभर्सन बनाएर यातायात सुचारु गराएको थियो । उक्त ठाउँमा बेलिब्रिज जडानका लागि पूर्वाधार निर्माणको काम भइरहेको छ । दुवैतर्फ जिप निर्माण सम्पन्न भइसकेको छ