पाँच फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाँच फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ भाद्र २०७८, बिहीबार

    तनहुँ : विभिन्न मुद्दामा अदालतबाट सजाय पाएका पाँच फरार प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । हातहतियार, जारी र कुटपिट मुद्दामा फरार रहेका पाँच प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

    हातहतियार मुद्दामा पाँच महिना २९ दिन कैद र रु सात हजार ९ सय जरीवाना तोकिएका घिरिङ गाउँपालिका–२ का ६६ वर्षीय उमानसिंह कुमाल पक्राउ परेका छन् । जिल्ला अदालत तनहुँले निजलाई विसं २०७७ फागुन ६ गते कैद र जरीवानाको फैसला सुनाएको थियो ।

    हातहतियार मुद्दामै सोही ठाउँ बस्ने ५८ वर्षीय अमनसिंह कामी पक्राउ परेका छन् । निज विरुद्ध अदालतले विसं २०७७ फागुन ६ गते दुई महिना सात दिन कैद र दुई सय क्षतिपूर्तिको फैसला सुनाएको थियो । हातहतियार मुद्दामै सोही ठाउँ बस्ने ५८ वर्षीय अमनसिंह कामी पक्राउ परेका छन् । निज विरुद्ध जिल्ला अदालतले विसं २०७७ फागुन ६ गते दुई महिना सात दिन कैद र रु तीन हजार दुई सय क्षतिपूर्तिको फैसला सुनाएको थियो ।

    यसैगरी जारी मुद्दामा फरार रहेका एक जना र कुटपिट मुद्दामा फरार एक जना पक्राउ परेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका सबैलाई सजाय भुक्तानका लागि बिहीबार अदालत दाखिला गरिएको छ ।