तनहुँ : नेपाली काङ्ग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले काङ्ग्रेसको अधिवेशनको कुनै अर्थ नभएको बताएका छन् । शुक्रबार देशभर काङ्ग्रेस अधिवेशन भइरहँदा जोशीको यो प्रतिक्रिया आएको हो ।
“यो अधिवेशनको उपादेयता निर्वाचनमा उमेदवार पनि उपलव्ध हुन नसकि कहि निर्वाचन हुन नसकी प्राय सबै ठाउँमा निर्विरोध गर्नुले नेपाली कांग्रेसमा किन आकर्षण घटेको छ स्पष्ट भएको छ,” उनले भने, “निर्विरोधको नाममा जसरी मानिसहरुलाइ समाउँदै ल्याउँदै दरखास्त दिन लगाउनुले यो अधिवेशनको महत्व दर्साएको छ ।”
कांग्रेस तनहुँका कर्मठ एवं क्रियाशील सदस्यले आफ्नो आव्हानमा अधिवेशनमा सहभागी नहुने निर्णय गरेकामा जोशीले आभार व्यक्त गरे ।