शुक्लागण्डकी-८ मा निर्वाचन स्थगित, अधिकांश वडामा सर्वसम्मत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी-८ मा निर्वाचन स्थगित, अधिकांश वडामा सर्वसम्मत

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०७८, शुक्रबार

    तनहुँ : नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशन अन्तरगत शुक्रबार तनहुँका अधिकांश वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाका ८५ वडामध्ये धेरैजसोमा सर्वसम्मत कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन भएको नेपाली काङ्ग्रेस तनहुँले जनाएको छ ।

    जिल्ला कार्यवाहक सभापति जितप्रकाश आलेले सबैजसो वडामा सर्वसम्मत रुपमै नेतृत्व चयन भएको जानकारी दिए । “सबै रिपोर्ट त प्राप्त हुने क्रममै छ, तर प्राप्त भएका रिपोर्ट अनुसार सर्वसम्मत रुपमै समिति चयन भएको छ,” उनले भने ।

    शुक्लागण्डकी-८ मा स्थगित

    शुक्लागण्डकी-८ मा भने अधिवेशन स्थगित भएको छ। केही व्यक्तिको अवरोधका कारण अधिवेशन हुन नसकेको हो । निर्वाचन भाड्ने उद्धेश्यले केही व्यक्तिले निर्वाचन सामग्री लगिदिएको वडा सभापति कृ़ष्णप्रसाद रेग्मीले जानकारी दिए । “तत्कालका लागि स्थगित गरेका छौ, जिल्ला निर्वाचन समितिले निर्णय गरेपछि छिट्टै अधिवेशन हुन्छ,” उनले भने ।