दमौली : कोरोना सङ्क्रमणबाट तनहुँका थप एकको मृत्यु भएको छ । व्यास नगरपालिका-३ की ४८ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो। ती महिलामा भदौ ८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैगरी शुक्रबार तनहुँमा दश जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८० जनाको परीक्षण गरिएकामा ६ महिला र ४ पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।