तनहुँ : नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स सङ्घ गण्डकीले तनहुँमा सङ्घलाई विस्तार गरेको छ । शुक्रबार सम्पन्न भेलाले काशीनाथ भट्टराईको अध्यक्षतामा जिल्ला समिति विस्तार गरेको हो ।
समितिको उपाध्यक्षमा समशेर बहादुर गैह्रे र सुक बहादुर गुरुङ, सचिवमा ईश्वर प्रसाद पोख्रेल, कोषाध्यक्षमा भरत विक तथा सदस्यहरुमा गणेश थापा, उमेश पौडेल, रुपक पन्त, निकेश गुरुङ, होमनाथ भट्टराई र सन्तोष विक चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेपाल केन्पो खुकुरी मार्शल आर्ट्स सङ्घ गण्डकीका अध्यक्ष विष्णु पुनले खेलकुदमा भइरहेको विकृति अन्त्यका लागि जोड दिए । उनले नेपालको मार्शल आर्टस खेलमा छुट्टै पहिचान बोकेको नेपाल केन्पो खुकुरी मार्सल आर्टसले खेलकुदका विकृति विरुद्ध आवाज बुलन्द गर्ने बताउँदै भने, “हामी खेलको विकाससँगै खेलकुदको विकासमा तगारो बनेको विकृति विरुद्ध समेत एक ढिक्का भएर अघि बढ्नेछौं ।”
नेपाल केन्पो खुकुरी मार्सल आर्टस सङ्घ गण्डकीका उपाध्यक्ष एवं तनहुँका ईन्चार्ज हरिराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद जिल्ला युवा समिति तनहुँकी अध्यक्ष रिता ढकाल, नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स सङ्घ कास्कीका उपाध्यक्ष मोहन भट्टराई लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।