व्यास–१४ सभापतिमा नरिमाया राना निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • राजनीति

    व्यास–१४ सभापतिमा नरिमाया राना निर्वाचित

    विवि श्रेष्ठ

    १८ भाद्र २०७८, शनिबार

    दमाैली : नेपाली काङ्ग्रेस व्यास नगरपालिका–१४ को सभापतिमा नरिमाया राना निर्वाचित भएकी छन् । १०५ जना क्रियाशिल सदस्य रहेको उक्त वडामा सभापतिमा आकांक्षीहरु बीच सहमति नभएपछि मतदानमार्फत् नेतृत्व चयन भएको हो ।

    निर्वाचनमा रानाले ७७ मत प्राप्त गरिन् भने सभापतिका उम्मेदवार दुर्गाबहादुर आलेले २३ र सरस्वती थापाले पाँच मत प्राप्त गरिन् । उपसभापतिमा बाबुकाजी श्रेष्ठ र नर वहादुर थापा, सचिवमा पुण्य प्रसाद भट्टराई र हिरा विक, सहसचिवमा भक्त थापा सर्वसम्मत रुपमा चयन भएका छन् । व्यास नगरपालिकाको १४ वडामध्ये सभापति हुने नरीमाया एकमात्र महिला हुन् ।

    अधिवेशनवाट क्षेत्रिय प्रतिनिधिहरुमा काजीमान श्रेष्ठ, होमलाल थापा, रिकेश थापा, युवराज आले, पदम बहादुर थापा, गोकुल थापा, नन्द कुमारी थापा, गुन वहादुर राना, नेत्र माया थापा, सिता सुनार, गोपाल थापा, विष्णुमाया थापा, रविन्द्र वरकोटी, विमला पन्त, दल वहादुर थापा, विश्व कुमार वुढा सर्वसम्मत रुपमा चयन भएका छन् ।

    नवनिर्वाचित सभापति रानाले मतदान मार्फत विजयी बनाउने सबैलाई धन्यवाद दिँदै सबैसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता जनाइन् । निर्वाचित वडासभापति राना व्यास नगरपालिकाका कार्यकारिणी सदस्य समेत हुन भने सभापतिका आकांक्षी दुर्गा बहादुर आले केशवटार माविका निवर्तमान प्रधानाध्यापक हुन भने अर्का प्रतिष्पर्धी सरस्वती थापा नेपाली काङ्ग्रेसको वडा कार्यवाहक सभापति थिइन् ।

    सर्वाधिकार सुरक्षित नोट : यस अनलाइनमा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘खबरपुञ्ज डटकम’बाट प्रेषित समाचार बिनाअनुमति प्रयाेग नगर्न सूचित गराइन्छ ।