तनहुँका ८३ वडामा काङ्ग्रेसको नेतृत्व चयन (सूची सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका ८३ वडामा काङ्ग्रेसको नेतृत्व चयन (सूची सहित)

    खबरपुञ्ज संवाददाता

    १९ भाद्र २०७८, आईतवार

    तनहुँ : तनहुँका ८५ वडामध्ये ८३ वडामा नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबारदेखि शुरु भई शनिबार सकिएको नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दश स्थानीय तहका ८५ वडामध्ये ८३ वडामा नयाँ नेतृत्व चयन भएको हो ।

    कतिपय वडामा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने अधिकांश वडामा सर्वसम्मत चयन नेतृत्व चयन भएको काङ्ग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आलेले जानकारी दिए । उनका अनुसार शुक्लागण्डकी नगरपालिका–८ मा अधिवेशन स्थगित भएको छ भने घिरिङ गाउँपालिका–१ मा सभापति चयन गर्न बाँकी छ ।

    व्यास नगरपालिका वडा नं १ को सभापतिमा दिलबहादुर दरै, २ को सभापतिमा टुकबहादुर हमाल, ३ को सभापतिमा अनुप राना, ४ को अध्यक्षमा देवबहादुर गुरुङ, ५ को सभापतिमा सुरबहादुर थापा, ६ को सभापतिमा ढालप्रसाद घिमिरे, ७ को सभापतिमा युवराज गुरुङ, ८ को सभापतिमा युवराज गुरुङ, ९ को सभापतिमा नरबहादुर गुरुङ, १० को सभापतिमा प्रेमराज मिश्र, ११ को सभापतिमा देवबहादुर थापा, १२ को सभापतिमा चन्द्रबहादुर विक, १३ को सभापतिमा रेशम विक र १४ को सभापतिमा नरिमाया राना निर्वाचित भएका छन् ।

    शुक्लागण्डकी नगरपालिका वडा नं १ को सभापतिमा कृष्णबहादुर गुरुङ, २ को सभापतिमा धु्रवराज पौडेल, ३ को सभापतिमा युवराज श्रेष्ठ, ४ को सभापतिमा दिलबहादुर श्रेष्ठ, ५ को सभापतिमा हरिराज अधिकारी, ६ को सभापतिमा रवि केसी, ७ को सभापतिमा इश्वर शर्मा, ९ को सभापतिमा रामप्रसाद पाठक, १० को सभापति खड्गविक्रम खाँण, ११ को सभापतिमा रविन्द्रविक्रम थापा र १२ को सभापतिमा गजबहादुर गुरुङ निर्वाचित भएका छन् ।

    भिमाद नगरपालिका वडा नं १ को सभापतिमा माधव लम्साल, २ को सभापतिमा मोहन राना, ३ को सभापतिमा धनबहादुर थापा, ४ को सभापतिमा लोकबहादुर राना, ५ को सभापतिमा गणेश गैह्रे, ६ को सभापतिमा सूर्यनाथ पौडेल, ७ को सभापतिमा सोमराज सुवेदी, ८ को सभापतिमा माधव खनाल र ९ को सभापतिमा मनबहादुर थापा निर्वाचित भएका छन् ।

    भानु नगरपालिका वडा नं १ को सभापतिमा कृष्णकुमार श्रेष्ठ, ३ को सभापतिमा अर्जुनबहादुर केसी, ३ को सभापतिमा सूर्यमान गुरुङ, ४ को सभापतिमा नुरचन्द्र पाण्डे, ५ को सभापतिमा दिपक थापा, ६ को सभापतिमा रणबहादुर श्रेष्ठ, ७ को सभापतिमा कुमार गाछा मगर, ८ को सभापतिमा इश्वरबहादुर घिमिरे, ९ को सभापतिमा गणेशमान श्रेष्ठ, १० को सभापतिमा हिमनिधी पाण्डे, ११ को सभापतिमा हरिबहादुर बोहरा, १२ को सभापतिमा बेलबहादुर अधिकारी र १३ को सभापतिमा कृष्णबहादुर अधिकारी निर्वाचित भएका छन् ।

    म्याग्दे गाउँपालिका वडा नं १ को सभापतिमा विनोददत्त खनाल, २ को सभापतिमा रमेश अधिकारी, ३ को सभापतिमा बालचन्द्र भट्टराई, ४ को सभापतिमा सन्देश अधिकारी, ५ को सभापतिमा मदन थापा, ६ को सभापतिमा डिलबहादुर गुरुङ, ७ को सभापतिमा अच्युतराज काफ्ले निर्वाचित भएका छन् ।

    बन्दिपुर गाउँपालिका वडा नं १ को सभापतिमा देवेन्द्र खनाल, २ को सभापतिमा नारायण खड्का, ३ को सभापतिमा कुलबहादुर अधिकारी, ४ को सभापतिमा सीता थापा, ५ को सभापतिमा रिता तिवारी र ६ को सभापतिमा खुराकजङ्ग गुरुङ निर्वाचित भएका छन् । आँबुखैरेनी गाउँपालिका वडा नं १ को सभापतिमा किसन थापा, २ को सभापतिमा मिलन गुरुङ, ३ को सभापतिमा मदन खत्री, ४ को सभापतिमा टेकबहादुर थापा, ५ को सभापतिमा नरमान गुरुङ र ६ को सभापतिमा धनबहादुर गुरुङ निर्वाचित भएका छन् ।

    ऋषिङ गाउँपालिका वडा नं १ को सभापतिमा सविना राना, २ को सभापतिमा खेमबहादुर राना, ३ को सभापतिमा दुर्गाबहादुर राना, ४ को सभापतिमा प्रेमकुमार श्रेष्ठ, ५ को सभापतिमा केशव थापा, ६ को सभापतिमा दानबहादुर आले, ७ को सभापतिमा दुर्गाबहादुर थापा र ८ को सभापतिमा भरतकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

    घिरिङ गाउँपालिका वडा नं २ को सभापतिमा सुरेन्द्र थापा, ३ को सभापतिमा होमबहादुर थापा, ४ को सभापतिमा वीरबहादुर थापा र ५ को सभापतिमा चन्द्र थापा निर्वाचित भएका छन् । देवघाट गाउँपालिका वडा नं १ को सभापतिमा मुक्ति थापा, २ को सभापतिमा मिनबहादुर राना, ३ को सभापतिमा गङ्गासिं विक, ४ को सभापतिमा नरबहादुर गुरुङ र ५ को सभापतिमा सोमनाथ ढकाल चयन भएका छन् ।

    तनहुँमा नेपाली काङ्ग्रेसका १४ हजार पाँच सय १४ क्रियाशील सदस्य छन् । सात हजार पाँच सय ७९ नयाँ हुन् भने ६ हजार ९ सय ३५ पुराना सदस्य छन् ।